निर्वाहमुखी कृषि क्षेत्रलाई व्यावसायिक प्रतिस्पर्धी र सम्मानजनक व्यवसायको रुपमा विकास गरी रोजगारीको अवसर सिर्जना र देशको समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनु आजको आवश्यकता हो। कृषि पेशालाई व्यवसायिक र औधोगिकीकरणमा रुपान्तरित गर्दै गरिबी न्युनिकरणको राष्ट्रिय लक्ष्य पुरा गर्नका लागि सबै क्षेत्रले जोड दिनुपर्ने देखिन्छ । खाद्यान्न र उच्चमूल्य पर्ने नगदे बालीहरुको क्षेत्रफल उत्पादन र उत्पादकत्व आवश्यकता अनुरुप बृद्धि हुन नसक्नुले कृषि बस्तुहरुको आयातमा दिनानुदिन बढोत्तरी हुदै गईरहेको र निर्यातको आयतन खुम्चदै जाँदा देशको कुल व्यापार घाटा असन्तुलित रुपमा बढी रहेको छ।कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गर्न कृषि उत्पादनको लागि आवश्यक प्रविधि तथा उत्पादन सामाग्रीको ब्यवस्था गर्ने बाली बस्तु उत्पादनमा यान्त्रिकरण गर्ने प्रशोधन तथा बजारीकरणको लागि आवश्यक पूर्वाधारहरुको व्यवस्था मिलाउने देशका विभिन्न क्षेत्रहरुलाई विशिष्टिकृत बालीहरुको लागि विशिष्टिकृत क्षेत्र तोकी बालीको व्यवसायीकरण विविधीकरण र आधुनिकीकरण मार्फत आर्थिक विकास गर्ने उद्धेश्यका साथ देशका ७७ वटै जिल्ला, ७ वटा प्रदेश र ७५३ वटै स्थानिय तहहरुमा संघीय सरकार अन्तर्गत जोन/सुपरजोन विकास कार्यक्रम, प्रदेश सरकार अन्तर्गत ब्लक विकास कार्यक्रम र स्थानीय तह अन्तर्गत पकेट विकास कार्यक्रम सन्चालनमा रहेकोमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, मन्थली, रामेछाप आ.व.२०७६/०७७ मा स्थापना भई रामेछाप जिल्लाका विभिन्न क्षेत्रहरुमा जुनार/आलु/बाख्रा जोन विकास कार्यक्रमहरु सक्रिय रुपमा कार्यान्वयनमा रहेको छ । त्यसैगरि परियोजना कार्यान्वयन एकाइ, दोलखा अन्तर्गत आ.व. 2075/076 बाट सञ्चालित किवी जोन र आ.व. 2078/079 बाट सञ्चालित आलु जोन आ.व. 2080/81 बाट परियोजना कार्यान्वयन एकाइ, रामेछापमा मर्ज भई कार्यक्षेत्र रामेछाप र दोलखा हुने गरि सञ्चालनमा आएका छन् । जुनार जोन क्षेत्र रामेछाप नगरपालिका वडा नं. १,२,४,५,६,७,८ र मन्थली नगरपालिका वडा नं. ४,६,९,१३ र १४ लाई कायम गरिएको छ ।आलु जोन रामेछापको कार्यक्षेत्रमा उमाकुण्ड गाउँपालिका वडा नं. १,२,३,४,५,६ र ७ र गोकुलगंगा गाउँपालिका वडा नं.१,२,३,४,५ र ६ वडाहरु पर्दछन। बाख्रा जोनको कार्यक्षेत्र मन्थली नगरपालिका वडा नं. १,२,३,७,८,९,१०,११,१२ र १३ खाँडादेवी गाउँपालिका वडा नं. १,२,३,४,५,६,७,८ र ९ र सुनापति गाउँपालिका वडा नं. १,२,३,४ र ५ पर्दछन। किवी जोन दोलखाको कार्यक्षेत्रमा भिमेश्वर नगरपालिका वडा नं. 1,6,7,8 र ९, जिरी नगरपालिका वडा नं. 2,4,6 र 7, कालिञ्चोक गाउँपालिका वडा नं. 6 र 9, विगु गाउँपालिका 3 र 4, गौरीशंकर गाउँपालिका 1, 3 र ४, शैलुङ गाउँपालिका 3, 4, 5,6,7 र ८ वडाहरुमा कार्यक्षेत्र रहेका छन् । आलु जोन दोलखाको कार्यक्षेत्रमा भिमेश्वर नगरपालिका वडा नं. ९ र शैलुङ गाउँपालिका वडा नं. 1,3,6 र ८ वडाहरु पर्दछन् । यस एकाइको कार्यालय मन्थली नगरपालिका वडा नं. १ मन्थली बजारमा रहेको छ । यसै एकाइको आलु जोन रामेछापको सम्पर्क कार्यालय गोकुलगंगा गाउँपालिका वडा नं.३ भिमसेनथान, रस्नालु र जुनार जोन रामेछापको सम्पर्क कार्यालय रामेछाप नगरपालिका वडा नं. ८ रामेछाप बजारमा रहेको छ । कार्यक्रमलाई लक्षित कृषकस्तर सम्म पुर्याउनका लागि सहजीकरणका लागि जोन अन्तर्गत अगुवा कृषकहरुको ९ सदस्यीय जोन सन्चालन समन्वय समिति रहेको छ  ।